नेपालको बलिङ कन्सलटेन्टमा धम्मिका प्रसाद नियुक्त
काठमडौं- श्रीलंकाली राष्ट्रिय टोलीका पूर्व खेलाडी धम्मिका प्रसाद नेपाली क्रिकेट टिमको बलिङ कन्सलटेन्टमा नियुक्त हुनु भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी फेब्रुअरीमा ओमानमा हुने टी(२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपालको बलिङ कन्सल्टेन्टका रुपमा उहाँलाई ल्याउन लागेको हो ।
यसै फेब्रुअरी महिनामा ओमानमा हुने चार देशीय टी(२० सिरिज र टी(२० विश्वकप ग्लोबल क्वालिफायरको लागि धम्मिकालाई बलिङ कन्सल्टेन्टको रुपमा ल्याउन लागेको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिनु भयो ।
ग्लोबल क्वालिफायरका लागि नेपाली क्रिकेट टिमलाई थप एक्सपोजर दिन प्रशिक्षणमा जनशक्ति थप गरेको मल्लले बताउनु भयो ।