Connect with us
Kapilvast Forest

सुदूर पहाडमा बाक्लो हिमपात

२०७८, २१ माघ शुक्रबारमा प्रकाशित

 

बैतडी- बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा बाक्लो हिमपात भएको छ । हिमपातका कारण यातायात, बिजुली र टेलिफोन सेवा अवरुद्ध भएको छ । बैतडीको खोड्पे, अनारखोली, सतबाँझ, ग्वाल्लेक, श्रीभवरलगायतका ठाउँमा चार फिट बाक्लो हिमपात भएको छ ।

बिहीबार साँझदेखि परेको हिमपातका कारण तराईबाट पहाडी जिल्लाका लागि छुटेका सवारी साधन डोटीको गैरा, डडेल्धुराको भतकाँडा, बैतडीको अनारखोली र खोड्पेमा रोकिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

हिमपातले बैतडी, बझाङ, दार्चुला र डडेलधुरामा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो । हिमपातका फसेका सवारी साधन सूचारु गर्न हिउँ सफा गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

हिमपातका कारण बैतडीको खोड्पेमा टेलिफोन र बिजुली र खानेपानी बन्द भएको स्थानीयवासी मोहन विष्टले बताउनुभयो । चिसोले जनजीवन कष्टकर बनेको विष्टले बताउनुभयो ।

“खोड्पेमा चार फिट बाक्लो हिमपात भएको छ । यातायातका साधन रोकिएका छन् । बझाङ, दार्चुला जाने गाडीका यात्रु चिसोले समस्यामा परेका छन्,” विष्टले भन्नुभयो,“ बजार बन्द छ । बाक्लो हिमपातका कारण गाउँबाट किसानले दूध, तरकारी लगायतका वस्तु बिक्री गर्न आउन सकेका छैनन् ।”

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu