Connect with us
Kapilvast Forest

स्याङ्जामा साढे ७ किलो गाँजासहित युवा पक्राउ

२०७८, २१ माघ शुक्रबारमा प्रकाशित

pakrau-

 

कास्की – स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ का २३ वर्षीय पवन जिसी गाँजासहित पक्राउ परेका छन् । ७ किलो ५ सय ग्राम गाँजासहित उनलाई प्रहरीले बिहीबार आफ्नै गाउँबाट पक्राउ गरेको हो ।

अर्जुनचौपारीको बर्षाभन्ज्याङ माझपाटास्थित सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

 

जिसीले आफ्नै घरमा ४ वटा बोरामा लुकाइछिपाई राखेको सुकेको गाँजासमेत बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार जिसीलाई बिहीबार जिल्ला अदातलबाट लागूऔषध गाँजासम्बन्धी कसुर मुद्दा दर्ता गरी ७ दिनको म्याद थप गरिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu