Connect with us
Kapilvast Forest

२४ घण्टामा कोरोनाबाट १६ जनाको मृत्यु, २,५२६ मा संक्रमण पुष्टि

२०७८, २१ माघ शुक्रबारमा प्रकाशित

 

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । संक्रमण घट्दै गए पनि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या भने घटेको छैन ।

 

बिहीबार नेपालका कोरोनाबाट १४ जनाको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ९४ पुगेको छ ।

 

संक्रमण भने निरन्तर ओरालो लाग्दै गएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय २६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट गरिएको ११ हजार ७३ नमुनाको परीक्षण गरिएको थियो । पीसीआर विधिबाट १६०२ र एन्टिजेनबाट ९२४ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा निको हुनेको संख्या भने ८ हजार ४ सय २५ रहेको छ । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५६ हजार ४ सय ५७ रहेको छ ।

२४ घण्टामा ५ लाख १३ हजार ५१ जनाले खोप लगाएका छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu