Connect with us
Kapilvast Forest

पशुपति क्षेत्रका फूलपसल र अस्थायी टहरा १५ दिनभित्र हटाइने

२०७८, २१ माघ शुक्रबारमा प्रकाशित

 

 

काठमाडौँ- पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित फूलपसल एवं अस्थायी टहरा १५ दिनभित्र हटाउने भएको छ ।कोषले सार्वजनिक सूचना प्रकाशन गरेर १५ दिनभित्र फूलपसल एवं अस्थायी टहरा हटाउन आह्वान गरेको हो ।

 

पशुपति क्षेत्रका मूल सडक, सहायक सडकका पेटी, डबली र खुला चौर, कैलाश डाँडा, मृगस्थली, गोरखनाथ क्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुण्डोल क्षेत्र समेतमा अव्यवस्थित फूलपसल एवं टहरा राखिएको कोषले जारी गरेको सूचनामा उल्लेख छ ।

यी क्षेत्रमा अव्यवस्थित तवरले छाप्रा बनाइ फूल एवं उपहारजन्य पसल सञ्चालनमा ल्याउँदा पशुपति क्षेत्रको सौन्दर्यतामा नकारात्मक प्रभाव परेको छ । जसका कारण विश्वका विभिन्न भागबाट आउने तीर्थयात्री एवं पर्यटकका माध्यमबाट विश्वभर सकारात्मक सन्देश प्रवाह हुनसकेको छैन।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu