Connect with us
Kapilvast Forest

हिमपातले दुई दिनदेखि अवरुद्ध राजमार्ग नखुल्दा यात्रुलाई सास्ती

२०७८, २२ माघ शनिबारमा प्रकाशित

डोटी – बिहीवारदेखिको बाक्लो हिमपातका कारण अवरुद्ध भएकाे भीमदत्त राजमार्ग तथा पहलमानसिंह स्वाँर राजमार्ग अझै सञ्चालनमा नआउँदा यात्रुले सास्ती खेप्नु परेकाे छ ।

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जाेड्ने भीमदत्त राजमार्गका विभिन्न ठाउँमा बाक्लो हिमपात भएकाे कारण सञ्चालन हुन नसक्दा यातायात सेवा दुई दिनदेखि ठप्प भएको छ ।

डोटीको सिलुगढीदेखि अछामको साँफेबगर जोड्ने पहलमानसिंह स्वाँर राजमार्गको चौखुट्टेमा परेको हिउँ पन्छाए पनि राजमार्गमा ठूलो ढुङ्गा खस्दा गाडी चल्न नसकेको जिल्ला प्रहरी कार्यालयका सह सूचना अधिकारी तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार ढुङ्गा हटाउन डोजर मगाइएकाले ढुङ्गा हटाएपछि याे राजमार्ग सञ्चालनमा आउने छ। भीमदत्त राजमार्गको साहुँखर्क, हगुल्टे, गैरा, घण्टेश्वरलगायतका ठाउँमा बाक्लो हिमपात भएकाले यातायात सञ्चालनमा आउन नसकेको प्रहरी चौकी गैराले जनाएको छ ।

राजमार्ग सञ्चालन नहुँदा अहिले सयौँको सङ्ख्यामा गाडी तथा यात्रुहरु अल्पत्रमा परेका छन् । राजमार्ग सञ्चालनका लागि सडक विभागको डोजर, सेना, प्रहरी तथा स्थानीयले प्रयास गरी रहे पनि हिउँ पन्छाउन नसकिएको सडक डिभिजन कार्यालय दिपायल कुल्पातेले जनाएको छ ।

राजमार्गमा अहिले पनि हिउँ परिरहेको राजमार्गमा रोकिएका डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले जानकारी दिनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu