Connect with us
Kapilvast Forest

पशुपति क्षेत्रका फूलपसल तथा टहरा १५ दिनभित्र व्यवस्थित गर्न आह्वान

२०७८, २२ माघ शनिबारमा प्रकाशित

  काठमाडौं- पशुपति क्षेत्र विकास कोषले सार्वजनिक सूचना निकालेर अव्यवस्थित फूलपसल एवम् टहरा १५ दिनभित्र व्यवस्थित गर्न आह्वान गरेको छ ।

पशुपति क्षेत्रका मूल सडक, सहायक सडकका पेटी, डबली र खुला चौर, कैलाश डाँडा, मृगस्थली, गोरखनाथ क्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुण्डोल क्षेत्र समेतमा अव्यवस्थित फूलपसल एवम् टहरा राखिएको कोषले निकालेको सूचनामा उल्लेख छ ।

यी क्षेत्रमा अव्यवस्थित तवरले छाप्रा बनाइ फूल एवम् उपहारजन्य पसल सञ्चालनमा ल्याउँदा पशुपति क्षेत्रको सौन्दर्यतामा नकारात्मक प्रभाव परेको छ । भक्तजन, तीर्थयात्री, पैदलयात्री एवम् पर्यटकलाई समेत यसले हिँडडुलमा समस्या हुनुका साथै नकारात्मक असर गरेको छ ।

पशुपति क्षेत्रको मापदण्ड एवम् कोषको स्वीकृति नलिइ सञ्चालित पसल एवम् बसोबासका लागि बनाइएका अस्थायी टहरा र वनकाली वनगणेश क्षेत्रमा रहेका अस्थायी फूल पसल, पूजासामग्री पसल, पूजा भाँडा पसल पनि हटाएर व्यवस्थित गर्न कोषले सूचित गरेको छ ।

पसल सञ्चालकसँग कोषले यसअघि गरेको सहमति बमोजिम निर्माण गरेको स्थायी संरचनामा गोलाप्रथाबाट छनोट गरी व्यवसाय गर्न दिइने कोषका सदस्य सचिव डा मीलनकुमार थापाले जानकारी दिनुभयो ।

पशुपति क्षेत्रबाट व्यवसायीलाई हटाउन नभइ व्यवस्थित गर्न लागेको उहाँले बताउनुभयो ।

पशुपति क्षेत्रलाई आकर्षक धार्मिक गन्तव्यका रुपमा विकास गर्न कोषले अव्यवस्थित संरचना हटाएर व्यवस्थित, सफास्थलका रुपमा विकास गर्न लागेको हो ।

कोषले चर्चेको जग्गाको क्षेत्रफलभन्दा बाहिर मापदण्डविपरीत मूल सडक तथा सहायक सडकमा हिँड्न पैदलयात्रीलाई असर गर्ने गरी राखिएका पाली एवम् टहरा, नाङ्ले पसलसमेत १५ दिनभित्र हटाउन निर्देशन दिएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu