७९८ एम्पुल लागू औषधसहित मकवानपुरबाट एक महिला पक्राउ
हेटौंडा – मकवानपुर प्रहरीले ७९८ एम्पुल लागू औषधसहित एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बकैया गाउँपालिका-४ छतिवन घर भई हेटौंडा उपमहानगरपालका-११ बस्तीपुरमा डेरा गरी बस्दै आएका २९ वर्षीया नानीमाया खत्री रहेका छन् ।
प्रहरीले उनको कोठाबाट लागू औषध २८० एम्पुल डाइजेपाम, २६८ एम्पुल फेनार्गन र २५० एम्पुल नुफिन गरी ७९८ एम्पुल लागू औषध बरामद गरेको छ ।