उद्योग व्यवसाय महासंघ कपिलवस्तुको अध्यक्षमा पोख्रेल चयन
कपिलवस्तु – नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ कपिलवस्तुको अध्यक्षमा महादेव पोख्रेल चयन भएका छन । नेकपा एमालेको भातृ संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको अध्यक्षमा नेकपा एमालेका शिबराज नगर कमिटी उपाध्यक्ष समेत रहेका पोखरेल चयन हुनु भएको छ ।
आज जिल्ला पार्टी कार्यालय तौलिहवामा भएको नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ कपिलवस्तुको जिल्ला भेला बाट युवा व्यवसायी पोखरेल अध्यक्षमा सर्वसहमत चयन हुनु भएको हो ।
यस्तै उपाध्यक्षमा कृष्ण गैरे र रुमान बहादुर जिसि, सचिबमा कृष्ण गैरे, उपसचिबमा सन्ध्या न्यौपाने र मधु सिग्देल, कोषाध्यक्षमा मनोहर अधिकारि तथा सह९कोषाध्यक्षमा माया पौडेल सहित ५८ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित भएको छ । यस्तै भेलाले पालिका संयोजक हरु समेत चयन गरेको छ ।
जसमध्ये कृष्णनगर नगरपालिका संयोजकमा अरुण कुमार श्रीवास्तव, शिबराजमा अर्जुन प्रसाद बेल्बासे, बिजयनगर संयोजकमा तैलेश्वर खटिक, बाणगंगा नगरपालिका संयोजकमा झबिन्द्र खनाल, शुद्दोधन संयोजकमा मोहम्मद मोहिसगर गद्दि, महाराजगन्ज संयोजकमा दिनेश कुमार चौवे, मायादेबी संयोजकमा शम्भु शरण बानिया, यशोधरा संयोजकमा शिकन्दर देब मुसलमान, बुद्धभुमी संयोजकमा डम्मर देब पान्डे र कपिलवस्तु नगरपालिकाको संयोजकमा अर्जुन चौधरी चयन हुनु भएको हो ।
यस्तै भेलाले जिल्ला भित्र रहेका सबै पालिका भित्र फाल्गुन १६ गते सम्म भेला बोलाइ पालिकाको कमिटी निर्माण गर्नका लागि पालिका संयोजकलाई जिम्मेवारी समेत दिएको छ ।
यस्तै भेलाले जिल्ला भित्र रहेका सबै पालिका भित्र फाल्गुन १६ गते सम्म भेला बोलाइ पालिकाको कमिटी निर्माण गर्नका लागि पालिका संयोजकलाई जिम्मेवारी समेत दिएको छ ।