Connect with us
Kapilvast Forest

अफगानिस्तानमा ३ सय भन्दा धेरै मिडिया बन्द, २७ सय पत्रकारले जागिर गुमाए

२०७८, २२ माघ शनिबारमा प्रकाशित

 

एजेन्सी-अफगानिस्तानमा तालिबानले सत्ता हातमा लिए यता तीन सय १८ वटा सञ्चारमाध्यम बन्द भएका छन् ।पत्रकारहरुको अन्तर्राष्ट्रिय महासंघ आईएफजेले सार्वजनिक गरेको रिपोर्ट अनुसार अफगानिस्तानका ३४ वटा प्रान्तमध्ये ३३ वटा प्रान्तमा तीन सय १८ वटा सञ्चारमाध्यम बन्द भएका छन् । ५१ वटा टिभि स्टेशन, एक सय ३२ वटा रेडियो र ४९ वटा अनलाइन सञ्चार माध्यम बन्द भएका हुन् । तालिबानले सत्ता सम्हालेपछि सबैभन्दा ठूलो असर पत्रिकामा परेको छ । अफगानिस्तानमा एक सय ४४ वटामध्ये हाल २० वटा मात्रै पत्रिका प्रकाशनमा रहेको आईएफजेको रिपोर्टलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यस्तै पाँच हजार ६९ जना पत्रकारमध्ये हाल दुई हजार तीन सय २३ जना पत्रकार मात्रै कार्यरत रहेको र जागिर गुमाएकामध्ये ७२ प्रतिशत महिला रहेको खबरमा उल्लेख छ । दुई सय ४३ जना महिला अझै काममै रहेका छन् । रिर्पोटिङमा तालिबानको प्रतिबन्ध, आर्थिक संकट र विकास साझेदारले सहयोग रोकेपछि अफगानिस्तानमा सञ्चारमाध्यम बन्द हुने र पत्रकारले जागिर गुमाउने क्रम बढेको छ ।

अफगानिस्तानको मिडिया समाजले सूचना पाउने नागरिकको हकको सम्मानको लागि भए पनि मिडिया बन्द हुने अवस्थाको अन्त्य गर्न आग्रह गरेको छ । अफगान स्वतन्त्र पत्रकार संघका अध्यक्ष हजतुल्लाह मुजादिदिले मिडियाको अवस्थालाई लिएर तत्कालै कदम नचालेमा निकट भविष्यमा अफगानिस्तानमा तालिबान नजिकका सीमित मिडिया मात्रै बाँकी रहने बताउनुभएको छ ।

यस्तै, अफगानिस्तान पत्रकार काउन्सिलका प्रमुख हफिजुल्लाह बराकजाईले अफगानिस्तानमा सूचनाको पहुँच बढाइरहनको लागि अन्तर्राष्ट्रिय समुदायलाई मिडिया क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu