Connect with us
Kapilvast Forest

अविरल वर्षाले करोडौं मूल्यको इँटामा क्षति

२०७८, २२ माघ शनिबारमा प्रकाशित

 

अविरल वर्षाका कारण करोडौं मूल्यको काँचो इँटामा क्षति पुगेको छ। क्षति पुगेको काँचो इँटाको बारेमा सम्बन्धित उद्योगमा पुगेर शनिबार अनुगमन गरिएको छ। दाङ देउखुरी इँटा व्यवसायी समितिका अध्यक्ष प्रेमनाथ योगीको नेतृत्वमा अनुगमन भएको हो। अध्यक्ष योगीले अनुगमनका क्रममा आठदेखि १३ लाख इँटामा क्षति पुगेको बताउनुभयो। जिल्लामा सञ्चालित उद्योगका १४ लाख इँटामा पूर्ण क्षति पुगेको प्रारम्भिक विवरणले देखाएको छ।

थप विवरण अनुगमन पश्चात् मात्रै आउने अध्यक्ष योगीले बताउनुभयो । इँटा तयार पार्नका लागि सम्पूर्ण खर्च १० रुपियाँ लाग्छ । बालुवा, माटो, श्रमिक मूल्य, कोइला, ढुवानी, जग्गाको लिजबापत् उक्त रकम खर्च हुनेगर्छ। इँटाका लागि कम्पनीसँग पटक–पटक बिमाका लागि अनुरोध गर्दासमेत बिमा नहुँदा व्यवसायी हिउँदे वर्षाका कारण मर्कामा पर्दै आएका छन्। अध्यक्ष योगीले सरकारसँग भ्याटमा छुट र राहतको माग गरिएको बताउनुभयो।

जिल्लाको दाङ देउखुरी इँटा व्यवसायी समितिमा ३५ वटा इँटा उद्योग आबद्व छन्। जिल्लामा पाँचदेखि आठ करोडको लगानीका इँटा उद्योग छन्। उद्योग अनुगमन कार्य जारी रहेको छ। जिल्लामा उत्पादन गरिएका इँटा सल्यान, रुकुम, प्यूठान, सुर्खेतलगायतका जिल्लामा पुग्छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu