Connect with us
Kapilvast Forest

सुनसहित विमानस्थलबाट चार जना पक्राउ

२०७८, २४ माघ सोमबारमा प्रकाशित

काठमाडौं-नेपाल प्रहरीले अवैध रुपमा भन्सार छलेर ल्याएको सुन, मोबाइल र ल्यापटपसहित चार जनालाई पक्राउ गरेको छ।प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय सुरक्षा कार्यालयले जजिरा एअरको फ्लाइटबाट दुबई, कुवेत हुँदै नेपाल आएका मोरङका ३० वर्षीय पदमबहादुर अधिकारी, सोही ठाउँका ३० वर्षीय मानसिंह विश्वकर्मा, झापाका २२ वर्षीय समिर रसाईली र मकवानपुरका ३२ वर्षीय गोकुल डल्लाकोटीलाई आइतबार विमानस्थलको पार्किङबाट पक्राउ गरेको हो।

प्रहरीले पदमबहादुरका साथबाट ५८ ग्राम तौल बराबरको एक थान सुनको सिक्री, तीन थान मोबाइल र एक थान ल्यापटप, मानसिंहका साथबाट ५८ ग्राम तौल बराबरको एक थान सुनको सिक्री, तीन थान मोबाइल र एक थान ल्यापटप तथा समिरका साथबाट ५८ ग्राम तौल बराबरको एक थान सुनको सिक्री, तीन थान मोबाइल र एक थान ल्यापटप बरामद गरेको हो।

भन्सार छलेर सामान ल्याउन लगाउने गोकुललाई समेत प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।पक्राउ परेकालाई बरामद गरिएको सामानसहित आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको प्रहरीले जनाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu