Connect with us
Kapilvast Forest

विश्व इतिहासमा आज : अन्तरिक्षमा पैदल यात्रादेखि अस्ट्रेलियाको डढेलो

२०७८, २४ माघ सोमबारमा प्रकाशित

aago_pathibhara.jpg

 

एजेन्सी-सन् २००९ मा अस्ट्रेलियाको जंगलमा लागेको डडेलोमा आगलागीमा १७३ जनाको मृत्यु भएको थियो । सो आगलागी अस्ट्रेलियाको इतिहासमै दुःखद राष्ट्रिय विपद् हो ।

म्यास्ट्रिच सन्धिमा हस्ताक्षर

सन् १९९२ मा म्यास्ट्रिच सन्धिमा हस्ताक्षर भएको थियो । सन्धिमा हस्ताक्षरसँगै युरोपेली युनियनको स्थापनाको ढोका खुलेको थियो । सन्धिले युरोपेली देशमा साझा मुद्रा युरोलाई मान्यता दिएको थियो ।

हैटीका राष्ट्रपतिले देश छोडेको दिन

सन् १९८६ मा हैटीका राष्ट्रपति जीन क्लाउडे बेबी डस डर्भालिएर २८ वर्ष लामो शासनपछि देश छोडेका थिए । देश छोडेको पाँच वर्षपछि सोही दिन हैटीमा पहिलो पटक प्रजातान्त्रिक रुपमा निर्वाचत नेता जीन बर्टान्ड अरिस्टाइडले राष्ट्रपतिको सपथ खाएका थिए ।

अन्तरिक्षमा पैदल यात्रा

सन् १९८४ मा नासाका अन्तरिक्षयात्रीहरुले पहिलो पटक डोरीको सहायताबिना अन्तरिक्षमा हिडेका थिए । ब्रुस म्याकक्याडलेस र रोबर्ट एल स्टिवार्ट स्वतन्त्रपूर्वक अन्तरिक्षमा घुमेको तस्विर सन् १९८० को दशकको चर्चित तस्बिर हुन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu