Connect with us
Kapilvast Forest

एमालेनिकट खेलकुद महासंघको संयोजकमा पर्शुराम बस्नेत चयन

२०७८, २४ माघ सोमबारमा प्रकाशित

काठमाडौं -नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघको संयोजकमा पर्शुराम बस्नेत चयन  हुनु भएको छ  । राष्ट्रिय युवा संघ नेपालका पूर्वउपाध्यक्ष समेत रहेका बस्नेत आइतबार सम्पन्न पदाधिकारी बैठकबाट खेलकुद महासंघको संयोजकमा चयन  हुनु भयो  ।
बस्नेत रमेश पौडेल अध्यक्षताको कमिटीमा वरिष्ठ उपाध्यक्ष  हुनुन्थ्यो  । पौडेल एमले केन्द्रीय सदस्य मनोनित भएपछि उनले अध्यक्षको जिम्मेवारीबाट बिदा लिएर बस्नेतलाई बाटो खुला गर्नु भएको छ  ।
एमाले स्थायी कमिटी सदस्य तथा जनवर्गीय संगठन संयोजन संयन्त्रका इन्चार्ज भानुभक्त ढकाल, खेलकुद महासंघका इन्चार्ज गोकुल बास्कोटा, रचना खड्कालगायतका नेताहरुको उपस्थितिमा सम्पन्न बैठकले १९९ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ ।
केन्द्रीय कमिटीको पहिलो बैठकले अन्य पदाधिकारी चयन गर्ने महासंघका प्रवक्ता उमेश केसीले जानकारी दिनु भयो  ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu