Connect with us
Kapilvast Forest

एमसीसीविरुद्ध साना वाम दल संघर्षमा उत्रने

२०७८, २४ माघ सोमबारमा प्रकाशित

काठमाडौं – अमेरिकी अनुदान सहायता एमसीसीविरुद्ध साना वाम दल आन्दोलनमा उत्रने भएका छन्। सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन्।

 

संघर्षका कार्यक्रम अन्तर्गत २५ गते देशैभरी संयुक्त कोणसभा गर्ने, २६ गते उपत्यकामा माइतीघरबाट जुलुससहित संसदभवन अगाडि विरोध प्रदर्शन र देशैभरी सदरमुकामहरुमा विरोध प्रदर्शन र सभा गर्ने रहेका छन् ।

संघर्षमा राष्ट्रिय जनमोर्चा, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र ऋषि कट्टेल नेतृत्वको नेकपा रहेका छन्।

 

त्यस्तै आहुति नेतृत्वको वैज्ञानिक समाजवादी, कर्णजित बुढाथोकी नेतृत्वको माओवादी केन्द्र समाजवादी, मोहनविक्रम सिंह नेतृत्वको मसाल र सिपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा रहेका छन्।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu