सीडीओ हुन ३ महिने तालिम वा कानुनमा स्नातक अनिवार्य
काठमाडौं-प्रमुख जिल्ला अधिकारी हुनका लागि कानुनमा स्नातक गरेको वा ३ महिना कानुनसम्बन्धी तालिम लिएको हुनुपर्ने व्यवस्था शुरु गर्न लागिएको छ । अदालतको आदेशअनुसार सो मापदण्ड अवलम्बन गर्न अहिले तालिम चलिरहेको गृहमन्त्री बालकृष्ण खाँणले बताउनु भएको छ । सोमबार गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गर्दै खाँणले सो कुरा बताउनु भएको हो ।
‘प्रमुख जिल्ला अधिकारीका लागि सो मापदण्ड पालनामा हामी संवेदनशील छौं’ मन्त्री खाँणले भन्नु भयो –‘तीन महिने तालिम शुरुवात भएको छ ।’