अर्घाखाँचीमा खानेपानीको न्यूनतम मूल्य घट्यो
अर्घाखाँची- अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेको साना शहरी खानेपानी तथा सरसफाई मुल उपभोक्ता संस्थाले खानेपानीको न्यूनतम शुल्क घटाउने भएको छ ।
हाल १८ सय ४१ घर धुरीले प्रयोग गदै आएको खानेपानीको न्यूनतम शुल्क घटाउने संस्थाले निर्णय गरेको हो ।पानीको आपुर्ति सहज हुँदै गएकाले फागुन १ गतेदेखि लागु हुने गरी साबिकको न्यूनतम महशुल २ रुपैयाँलाई घटाएर १ सय ५० रुपैयाँ कायम गर्ने निर्णय गरेको कार्यालय प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।