Connect with us
Kapilvast Forest

एमसीसीबारे पत्राचार गर्ने देउवा र प्रचण्डलाई कारबाही गर्नुपर्छः नेता रावल

२०७८, २४ माघ सोमबारमा प्रकाशित

bhim.jpg

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता भीम रावलले एमसीसीबारे पत्राचार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

आज संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता रावलले सो बारे छानविन गर्न पनि समितिसँग आग्रह गरे ।नेता रावलले भने, ‘अहिले भर्खरै यो देशका प्रधानमन्त्री र एउटा पार्टीका नेता यो एमसीसीमार्फत कुटनीतिलाई कसरी कमजोर बनाउँदैछन् ? कूटनीतिक क्षेत्रलाई फितलो बनाएर देशको स्वाभिमानमाथि धक्का पुग्दैछ भन्ने ज्वलन्त नमूना हो यो । यो प्रधानमन्त्री शेरबहादुर देउवा र त्यसपछि पुष्पकमल दाहाल प्रचण्डजीले संयुक्त रुपमा लेखेको पत्र हो । यो अन्तराष्ट्रिय सम्बन्ध समितिको सरोकारको विषय बन्नुपर्छ । यसरी कुनै एउटा देशको प्रधानमन्त्रीलाई, एउटा पार्टीको अध्यक्ष पूर्वप्रधानमन्त्री भईसकेको व्यक्तिले यस्तो पत्र लेखेर हामी एमसीसी सम्झौतालाई अनुमोदन गर्नेछौं । हामीलाई समय दिनु प¥यो । यो एमसीसी सम्झौताबारे नेपाली जनतालाई जानकारी गराउनका लागि सरकारी स्रोत हामी उपयोग गर्नेछौं भन्ने कुरा समेत विदेशलाई भन्ने भनेपछि हाम्रो कूटनीतिक कता गयो ? अनि यस्तो स्थितिमा कूटनीतिक क्षेत्रमा यो राजनीतिक र यस्तो ज्ञान भएको व्यक्तिलाई नियुक्ती गर्ने कुरा र कूटनीतिमा यस्ता राष्ट्रका स्वाभिमान झुक्ने अत्यन्त अमर्यादित कुराहरु । यो एकदमै आपत्तिजनक छ । यस्ता कुरा अन्तराष्ट्रिय सम्बन्ध समितिमा जानकारीमा आउनुपर्छ । अरु देशमा यस्तो भयो भने छानविन गरेर दण्डित हुनुपर्छ, यस्तो नेताहरु र प्रधानमन्त्रीहरु । प्रतिनिधिसभामा प्रस्तुत गरिएको कुनै देशसँगको सम्झौता जो अनुमोदनका लागि विचाराधीन छ । त्यसलाई हामी यस्तो गर्नेछौं, उस्तो गर्नेछौं भनेर कुनै व्यक्तिलाई यस्तो पत्र लेख्ने अधिकार हुन्छ ? यो संसदकै एउटा महत्वपूर्ण समिति भएको हुनाले म यहीँबाट हाम्रो माननीय सभापति महादेयमार्फत यो प्रेषित हो्स–यसमा छानविन गरेर कारबाही हुनुपर्छ ।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu