युनाइटेड इदी मर्दी हाइड्रोपावरको नाफामा यसरी आयो उछाल
काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा युनाइटेड इदी मर्दी हाइड्रोपावरले ४ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा १५७०.३८% धेरै हो ।
गत वर्ष यसले २८ लाख ५७ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि बढेको छ । गत वर्ष विद्युत् बिक्रीबाट ७ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको यसले यो त्रैमासमा बढाएर ११ करोड ८ लाख रुपैयाँ पुर्याएको छ ।
पुस मसान्तसम्म आइपुग्दा युनाइटेड इदी मर्दी हाइड्रोपावरको चुक्ता पुँजी ४२ करोड रुपैयाँ पुगेको छ । जगेडा कोषमा भने ४ करोड ८५ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ३६ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ५७ पैसा छ ।