खानीखोला हाइड्रोपावरले दोस्रो त्रैमासमा यसरी गर्यो तरक्की
काठमाडौं- खानीखोला हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले यो त्रैमासमा २ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यो २ करोड ९७ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो । यो अवधिमा यसले बिजुली बिक्रीबाट गर्ने आम्दानी ५ करोड ७१ लाख रुपैयाँबाट बढाएर १० करोड ५७ लाख रुपैयाँ पुर्याएको छ ।
यसले गर्दा कम्पनीको खुद नाफाको रेखा माथितिर लागेको हो । हाल यसको चुक्ता पुँजी ४६ करोड ५७ लाख रुपैयाँ रहेको छ । यसको रिजर्भ कोष भने २ करोड ९९ लाख रुपैयाँ ऋणात्मक रहेको छ । खानिखोलाको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ पनि ९३ रुपैयाँ ५७ पैसा छ । नेपाली पैसा