Connect with us
Kapilvast Forest

स्थानीय तहमा तदर्थ समिति गठन गर्न अध्यक्ष ठाकुरको निर्देशन 

२०७८, २६ माघ बुधबारमा प्रकाशित

 

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले स्थानीय तहको पालिका संयोजक तोकेर तदर्थ समिति गठन गर्न पार्टीका जिल्ला कमिटीलाई निर्देशन दिनुभएको छ ।

स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै अध्यक्ष ठाकुरले चुनावको मिति घोषणा भइसकेकाले तत्कालै तदर्थ समिति गठन गर्न उनले निर्देशन दिनुभएको हो । जनता समाजवादी पार्टी नेपालबाट अलग भएर लोसपा गठन गरेपछि प्रदेश, जिल्ला, पालिका समायोजन हुन बाँकी छ । इकाई (पालिका) अध्यक्ष मात्र स्थानीय तहको दावेदार हुने होइन, योग्य उम्मेदवारलाई पार्टीद्वारा उम्मेदवारका लागि टिकट दिइन सन्देश पुर्याएर समेत तदर्थ समिति गठन गर्न पनि निर्देशन दिँदै उहाँले उपमहानगर पालिका र महानगर पालिकाको तदर्थ समिति केन्द्रबाट नै गठन हुने समेत स्पष्ट पार्नुभयो ।

पालिकाको तदर्थ समिति गठन गरी केन्द्रलाई जानकारी गराउने त्यसपछि वडा समितिहरु गठन गर्न निर्देशन दिँदै अध्यक्ष ठाकुरले यस्ता पालिका र वार्ड समितिहरु गठन गर्दा यथाशक्य सबैलाई समेटेर समावेशिताको सिद्धान्तलाई समेत मध्येनजर गर्दै आवश्यक परे विधानमा तोकिएको संख्यामा ५० प्रतिशत थप गरी गठन गर्न सकिने बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu