राष्ट्रपति र केयूका पदाधिकारीबीच छलफल
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं विश्वविद्यालयका पदाधिकारीबीच बुधबार छलफल भएको छ ।शीतल निवासमा भएको छलफलमा राष्ट्रपतिले ढुंगा, माटो र पानीलाई जोगाउनमा अनुसन्धान केन्द्रित गर्न काठमाडौं विश्वविद्यालयलाई सुझाव दिनु भयो ।
राष्ट्रपति भण्डारीले यी तीन चिज जोगाउन विश्वविद्यालयले अनुसन्धान केन्द्रित गरी सुरक्षित साथ भावी सन्ततिलाई हस्तान्तरण गर्नुपर्ने बताउनु भएको हो । त्यसको लागि आवश्यक समन्वय गर्न समेत राष्ट्रपति कार्यलय तयार भएको बताएको विश्वविद्यालयका सहप्रवक्ता उद्धव प्याकुरेलले जानकारी दिनु भयो ।
केयूका उपकुलपति प्रा।डा। थापाले सीमित स्रोत र साधनका बीच केयुले काम गरिरहेको र उक्त कामलाई समाजले सकारात्मक लिई उत्कृष्ट दर्जा दिएको दाबी गर्नु भयो । विश्वविद्यालयले थप कार्यक्रम विस्तारको नीति लिएको उपकुलपति भोला थापाले बताउनु भएको थियो ।