Connect with us
Kapilvast Forest

राजनीतिमा होमिएका इरफान उम्मेदवार बन्दै

२०७८, २७ माघ बिहीबारमा प्रकाशित

बृजेश यादव-
कपिलवस्तु-  विगत एक दशक देखि राजनीतिमा होमिएका युवा नेता इरफान खानलाई अबको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनाइने भएको छ ।
कपिलवस्तु नगरपालिका वडा नं ३ बाट वडाअध्यक्ष पदमा युवा नेता इरफान खानले उम्मेदवारी दिनुहुने भएको छ ।

जनता समाजवादी पार्टी, नेपालका कपिलवस्तु सहसचिव समेत रहेका इरफानलाई पार्टीले वडाअध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

जसपा कपिलवस्तुको तौलिहवामा बसेको बैठकले खानलाई उम्मेदवारी बनाउने निर्णय गरेको खानले बताउनु भयो ।

विगत लामो समयदेखि पार्टीमा स्वच्छ एवं ईमानदार तथा हरेक कार्यमा योगदान गरेका कारण खानलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

जसपाले इरफानलाई उम्मेदवार बनाउने निर्णय भएकोले कपिलवस्तु नगरपालिका वडा नं ३ का नागरिक खुसी भएका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu