Connect with us
Kapilvast Forest

तुलसीपुर आगलागी : पाँच जनाकाे ज्यान गयाे, एक जना घाइते

२०७८, २८ माघ शुक्रबारमा प्रकाशित

दाङ-तुलसीपुर उपमहानगरपालिका ५ मा रहेको चप्पल गोदाममा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ। ‘ङ’ लाइनमा रहेको इरम फुटवेयर चप्पल गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ। एक जना घाइते भएका छन् ।

आगलागीमा परी मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेको तर उनीहरुको परिचय नखुलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए।

गोदाम रहेको चार तले घरमा बिहीवार राति २ बजे आगलागी भएको प्रहरीले बताएको छ। आगो पहिलो तलाबट लागेको बताइएको छ। डिएसपी अर्यालका अनुसार केहीबेर अगाडि आगो नियन्त्रणमा आएको छ।तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरको दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका हुन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu