Connect with us
Kapilvast Forest

कांग्रेसका १६ जिल्लाकाे अधिवेशन फागुन १३ गते

२०७८, २८ माघ शुक्रबारमा प्रकाशित

congress

काठमाडाैं –नेपाली कांग्रेसले जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लामा फागुन १३ गते अधिवेशन गर्ने निर्णय गरेको छ।नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बाँकी जिल्लामा अधिवेशन गर्ने विषयमा बहस भइरहेका बेला कांग्रेस केन्द्रीय निर्वाचन समितिले १६ जिल्लाको अधिवेशन तोकेको हो।

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले फागुन १३ अधिवेशन गर्ने तय भएको जानकारी दिए। उनकाअनुसार फागुन १० गतेभित्र अधिवेशन बाँकी वडा र पालिका, प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन गरिनेछ।

पछिल्लो पटक १६ जिल्लाकाे अधिवेशन माघ १५ गतेलाई तोकेपनि कोरोनाका कारण स्थगित गरिएको थियो। सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा जिल्ला अधिवेशन हुन सकेकाे छैन।

दुई वा दुईभन्दा बढी संघीय निर्वाचन भएका १६ जिल्लाकाे अधिवेशन नभएरै पार्टीकाे १४ औं महाधिवेशन सम्पन्न भइसकेकाे छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu