आगामी चुनाब एक्लै लड्नुपर्नेमा काँग्रेस नेता कोइरालाको जोड
काठमाडौं-नेपाली काँग्रेसका नेता शेखर कोइरालाले आगामी चुनाबमा एक्लै जानुपर्ने प्रस्ताब केन्द्रीय कार्यसम्पादन समितिमा राख्नुभएको छ । अहिलेको गठबन्धन अप्राकृतिक रुपमा भएको भन्दै नेता कोइरालाले अबको चुनाबमा कसैसँग गठबन्धन गरेर भन्दा एक्लै चुनावमा जानु पर्नेमा जोड दिनुभएको हो ।
काँग्रेसले , काँग्रेसलाई नै मतदान गर्न पाउनु पर्ने भन्दै उहाँले राजनीतिक आदर्श विपरित अप्राकृतिक गठबन्धन गर्नुको साटो पार्टीभित्र सुदृढ एकता कायम गर्दै, कार्यकर्ताको न्यायोचित व्यबस्थापन गरेर जानुपर्नेमा उहाँले जोड दिनुभयो ।
काँग्रेस एक्लैले स्थानीय तहमा अत्यधिक सिट जित्न सक्ने भएकाले अन्य दलसँग मिल्नु आवश्यक नरहेको उहाँको भनाइ थियो । एमसीसीबारे गठबन्धनमा सहमति नजुटे यसलाई संसदीय प्रकृयामा लगेर टुंग्याउनुपर्ने मत कोइरालाको छ।