Connect with us
Kapilvast Forest

कपिलवस्तुमा एमसीसी विरुद्ध एकीकृत समाजवादीका जनसंगठन सडकमा उत्रिने

२०७८, २९ माघ शनिबारमा प्रकाशित

कपिलवस्तु-अमेरिकी मिलिनियन च्यालेन्स कर्पोरेसन (एमसीसी)का विरुद्ध नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुका जनसंगठन सडक संघर्षमा उत्रिने भएका छन् ।अमेरिकाले एमसीसी तत्काल संसदबाट अनुमोदन गर्न दबाब दिइरहेका बेला समाजवादीका जनसंगठन यसका विरुद्ध आइतबार सडक संघर्षमा उत्रिन थालेका हुन् ।

आइतबार दिउँसो १२ बजे जिल्ला पार्टी कार्यालयमा जम्मा भएर ठीक १ बजे प्रशासन चोकमा विरोध प्रदर्शनको आयोजना गरिएको अनेरास्ववियूका जिल्ला कोषाध्यक्ष कमल बेल्वासेले जानकारी दिनुभयो ।

देशको सुरक्षा, सार्वभौमसत्ता, स्वाधिनता, राष्ट्रिय अखण्डता र असंलग्न परराष्ट्र निती विरुद्ध एमसीसी रहेको भन्दै यसको खारेजीका लागि राष्ट्रव्यापी कार्यक्रम अन्तरगत कपिलवस्तुमा पनि हुन लागेको विद्यार्थी नेता बेल्वासेले जनाउनुभयो ।

कार्यक्रममा समाजवादीका भातृ संगठन अनेरास्ववियू, युवा संघ नेपाल, अनेमसंघ (समाजवादी), नेपाल दलित मुक्ति संगठन, समाजवादी प्रेस संगठन नेपाल लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहने छ ।

साथै आयोजकले सम्पूर्ण एमसीसी विरुद्ध लागेका युवा, विद्यार्थी, मजदुर सबैलाई कार्यक्रममा सरिक हुन आह्वान गरेको छ ।

एमसीसी राष्ट्रघाती भएको भन्दै सडकमा दिनहुँ प्रदर्शन हुँदै आएको छ । एमाले, कांग्रेस एमसीसीको पक्षमा उभिएको बेला नेकपा (एस) यसको विरुद्धमा उत्रिएको हो । एमाले भित्रका कतिपय नेताहरु भने एमसीसीको विरोधमा उत्रिएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu