Connect with us
Kapilvast Forest

मेयरकी पत्नी र निकटकालाई बाख्रापालन अनुदान

२०७८, २९ माघ शनिबारमा प्रकाशित

धनगढी- कञ्चनपुरको बेलौरी नगरपालिकामा सुदूूरपश्चिम प्रदेश सरकारले वितरण गर्ने बाख्रापालन अनुदान पाउने सूचीमा मेयर पोतीलाल चौधरीकी पत्नी र नजिकका व्यक्तिहरु परेका छन् ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको भेटेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले मुख्यमन्त्री एकीकृत कृषि तथा पशुुपन्छी विकास कार्यक्रम अन्तर्गत बाख्रापालन कार्यक्रमको ३० लाख रुपैयाँ अनुदान मेयर चौधरीकी पत्नी र नजिकका व्यक्तिहरुलाई दिने तयारी गरेका हुन् ।

 

सो कार्यक्रमको अनुदानका लागि वडा कार्यालयमार्फत गत कात्तिक ८ गते २७९ जनाले आवेदन दिएका थिए । जसमध्ये २५ जना अनुदान पाउनका लागि छनोट भएका छन् ।

२५ जनाभित्र मेयर चौधरीकी पत्नी सुुस्मिता चौधरी, उनका स्वकीय सचिव जयबहादुर कुँवरकी आमा धनमति कुँवर, भाउजु बिस्नादेवी कुँवर, पूर्वस्वकीय सचिव (हाल नगरपालिकाको कम्प्युुटर अपरेटर) रविलाल डगौरा, माओवादी केन्द्रकी केन्द्रीय सदस्य दीपा चौधरी, वडा कमिटी अध्यक्ष लछु राना, उनका भतिजा कन्नार राना, नगर कमिटी सदस्य इन्द्रा कुँवर पनि अटाएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu