Connect with us
Kapilvast Forest

जनयुद्धको भूमिका दूरगामी महत्त्वको थियो र छ : प्रचण्ड

२०७८, १ फाल्गुन आईतवारमा प्रकाशित

 

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभाजित माओवादीहरूलाई एक हुन आह्वान गर्नु भएको छ ।

आज फागुन १ गते २७औं जनयुद्ध दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले छरिएर रहेका माओवादी घटकहरूलाई एकै ठाउँमा समेटिन आग्रह गर्नु भएको हो ।

‘यस ऐतिहासिक सन्दर्भमा माओवादी जनयुद्धमा सहभागी भएका र माओवादी पहिचान बनेका विभाजित माओवादी नेता तथा कार्यकर्ता तथा शान्ति र संविधानको बाटोमा सहकार्य गर्दै आएका सम्पूर्ण शक्तिहरूमा जनयुद्धका उपलब्धि एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र शान्ति सम्झौताको मर्म र भावनाअनुसार अगाडि बढ्न विशेष अनुरोध गर्दछु’, सन्देशमा प्रचण्डले भन्नु भएको छ , ‘छरिएर रहेका माओवादी घटकहरूलाई देशको अगाडि आइपरेको समस्यालाई आत्मसात् गर्दै एकताबद्ध हुन आग्रह गर्दछु। परिवर्तनका लागि लडेका शक्तिहरू एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गर्दछु।’

जनयुद्ध दिवसका अवसरमा अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै जनयुद्धमा सहभागी भएर प्राणको आहुति दिने सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu