Connect with us
Kapilvast Forest

गठबन्धन टुटाउने प्रयास भएको छ:प्रचण्ड

२०७८, १ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने प्रयास भएको आरोप लगाउनु भएको छ।जनयुद्ध दिवसको अवसरमा पार्टी मुख्यालय पेरिशडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले संविधान,लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको लागि गठबन्धन बनेको बताउनु भयो ।

ुकुनै देशसँग गरिएको परियोजना आयोजना सम्झौता या लेनदेनका आधारमा गठबन्धन बनाइएको होइन। हामीले यो गठबन्धन जुन मुल्य मान्यतामा बनाएको हो त्यसकै आधारमा अघि बढ्नुपर्छ,’ उहाँले भन्नु भयो , ‘पराजित प्रतिगमनकारी प्रवृत्ति चुप लागेर बसेको छैन।त्यसलाई मलजल गर्ने देश भित्र र बाहिर बिभिन्न शक्तिहरु सक्रिय छन्। गठबन्धन टुटाउन सरकार गिराउन निर्वचन प्रक्रिया विथोल्न अनेक खाले प्रपञ्च भइरहेका छन्।’

उहाँले एउटा वर्ग र शक्तिले माओवादी आन्दोलनलाई बदनाम गराउन खोजेको आरोप लगाउनु भयो । हिजो मात्रै म प्रधानमन्त्री र माधवजी बसेका थियौ।प्रचण्डले सभामुखलाई भनेर बैठक सारियो, प्रधानमन्त्रीले नचाहादा नचाहादै सारियो भन्ने आएको छ यो के पारा हो भनेर कुरा भयो उहाँले भन्नु भयो म आफैँले संसद बैठक स्थगित गर्न भनेको हो यो कुरा जनतालाई भन्दिनुस भनेर प्रधानमन्त्रीले भन्नुभएको छ।’

उहाँले विभाजित माओवादीहरुलाई एक हुन समेत अपिल गरेका छन्। सबैले आफ्ना कमिकमजोरीको आत्मसमिक्षा गरेर एक हुनुपर्ने उहाँले बताउनु भयो ।

‘हामी सबै माओवादी एक हुनुपर्छ। माओवादी भन्दा बाहिर क्रान्तिकारी शक्ति पनि एकताबद्ध हुन जरुरी छ। हिजो जनयुद्धमा भएका विचार र विश्लेषण अनि त्यागबाट गौरवान्वित भएका घटकहरु एक ठाउँमा आउनुपर्छ उहाँले भन्नु भयो प्रतिगमनकाबिरुद्ध प्रतिक्रान्तिका विरुद्ध फेर िएक पटक एक हुन जरुरी छ। हामी आत्मसमिक्षा गर्न तयार हौं।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu