लुम्बिनी प्रदेश सरकाले दाङमा स्थापना दिवस मनाउदै
दाङ- लुम्बिनी प्रदेश सरकाले आज देखि तीन दिनसम्म स्थापना दिवस मनाउदै छ ।
आइतबार, सोमबार र मंगलबार प्रदेशको स्थायी राजधानी दाङमा स्थापना दिवस मनाउन लागेको हो ।
दाङको देउखुरीमा अहिलेसम्म लुम्बिनी प्रदेश सरकारले दुई वटा मन्त्रालयमात्र छन । अरु सबै मन्त्रालय बुटवलमा भएपनि स्थायी राजधानी दाङमै दिवस मनाउन लागेको हो ।
कोरानाको जोखिम अझै पनि कायम रहेकोले स्थापना दिवसमा प्रतिकात्मक कार्यक्रम गरिने लुम्विनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिनुभयो ।
स्थापना दिवसकै अवसरमा प्रदेश सरकारले घोषणा गरेका विभिन्न पदकहरु बितरण गर्ने कार्यक्रम रहेको छ ।