Connect with us
Kapilvast Forest

कपिलवस्तको बुद्धभुमिमा गुडिरहेको बसमाआगलागी, यात्रु सकुशल

२०७८, १ फाल्गुन आईतवारमा प्रकाशित

कपिलवस्तु -कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका ४ बुड्डीमा चलीरहेको बसमा आगलागी भएको छ । नेपालगञ्जबाट बुटवल तर्फ जादै गरेको भे १ ख २९५६ नम्बरको बसमा साँझ करिब ७ बजे आगलागी भएको हो । बसमा सवार सबै सकुशल रहेका छन ।
बसको बिद्युत सर्ट हुदा आगलागी भएको हो बस चालकले बताए। बसमा १४ जना यात्रु सवार थिए ।आगो निभाउन   शिवराज नगरपालिका  र कपिलवस्तु नगरपालिकाको दमकलको प्रयोग  भएको थियो  ।आगो प्रहरी गोरुसिङे बाट आगो निभाउन पुगेका थिए । बस अधिकांस क्षती भए पनि  मानवीय क्षती नभएको  प्रहरीले जनाएको  छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj