Connect with us
Kapilvast Forest

२७ औं जनयुद्ध दिवसको अवसरमा चन्द्रौटामा दिप प्रज्वलन

२०७८, १ फाल्गुन आईतवारमा प्रकाशित

कपिलवस्तुको शिवराज नगरपालिकामा दिप प्रज्वलन गरी २७ औं जनयुद्ध दिवस मनाइएको छ । नेपाल कम्यूनिष्ट पार्टि (माओवादी केन्द्र) शिवराज नगर समितिको आयोजना पार्टि कार्यालयमा दिप प्रज्वलन तथा शुभकामना आदान प्रदान गरी मनाइएको छ । नगर समिति अध्यक्ष दिनेश पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टिका नेताहरुले अबको स्थानिय तहको निर्वाचनामा सबै कार्यकर्ता एक जुट भई पार्टिलाई मज्बुत बनाई अग्रपंक्तिमा आउनु पर्ने बताएका छन । कार्यक्रममा वोल्ने वक्ताहरुले शहिदमा सपनालाई साकार पर्न नेतृत्व लागि पर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै नेता कपिलदेव खनालले लामो संर्घष पछि आएको व्यावस्थालाई संकटमा पार्न केहि तत्वहरु लागि परेकोले सजग हुनुपर्ने बताउनुभयो ।शिवराजलाई नेकपा माओवादिमय बनाउन सबै नेता कार्यक्रताहरु सक्रीय रुपमा लाग्नु नगर अध्यक्ष दिनेश पुनले आग्रह गर्नुभयो । कार्यक्रममा नगरकमिटि वडाका अध्यक्ष तथा प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj