Connect with us
Kapilvast Forest

धेरै दलले दलीय चिह्न नपाउने

२०७८, ४ फाल्गुन बुधबारमा प्रकाशित

election.jpg

काठमाडौं- निर्वाचन आयोगमा दर्ता भएका अधिकांश दलले स्थानीय तहको निर्वाचन, २०७९ मा दलीय चुनाव चिह्न नपाउने भएका छन् । यद्यपि चुनाव चिह्न पाउनुपर्ने मागसहित २८ साना दलले चुनावको पूर्वसन्ध्यामा सङ्घर्षका कार्यक्रमलाई यथावत् राख्ने जनाएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले साना दलको माग सम्बोधन गर्न ऐन संशोधन गर्नुपर्ने र उक्त जिम्मेवारी आयोगको क्षेत्राधिकारभित्र नपर्ने प्रस्ट्याए । उनले चुनाव चिह्न वितरण नहुँदासम्म ऐन संशोधन भएर आए आयोग ऐनबमोजिम अगाडि बढ्ने बताउनुभयो । साना दलले प्रमुख निर्वाचन आयुक्तलाई भेटेर चुनाव चिह्न पाउनुपर्ने माग गर्दै आएका छन् ।

नेपाल विवेकशील पार्टीले पुस ५ गते प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई भेटेर मागबारे ध्यानाकर्षण गराएको थियो । स्थानीय तह निर्वाचन ऐन, २०७३ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ ले राष्ट्रिय मान्यता प्राप्त दलले मात्रै चुनावमा निर्वाचन चिह्न पाउने व्यवस्था गरेको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २६ को उपदफा ६ मा निर्वाचन चिह्न वितरण गर्दा राजनीतिक दलसम्बन्धी प्रचलित सङ्घीय कानुनबमोजिम राष्ट्रिय दलका रूपमा मान्यता प्राप्त गरेको दलको उम्मेदवारलाई मात्र सम्बन्धित दलको निर्वाचन चिह्न वितरण गरिने उल्लेख छ । आजको गोरखापत्र दैनिकबाट

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu