Connect with us
Kapilvast Forest

एमसीसी विरोध : विभिन्न स्थानबाट दर्जनौं प्रदर्शनकारी पक्राउ

२०७८, ४ फाल्गुन बुधबारमा प्रकाशित

 

काठमाडौं – अमेरिकी सहयोग परियोजना (एमसीसी) फिर्ता गर्नुपर्ने मागसहित नेपाल बन्द आह्वान गर्दै हिँडेका दर्जनौंलाई प्रहरीले पक्राउ गरेको छ ।राजधानीका विभिन्न ठाउँमा प्रदर्शनमा सहभागी नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । विभिन्न ६ दलीय गठबन्धनले आज नेपाल बन्दको आह्वान गरेको थियो ।

पार्टीको घोषित कार्यक्रम अनुसार बन्द गराउन हिँडेका नेता कार्यकर्ताहरु पक्राउ परेका हुन् ।वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले आफूसहित ५५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताए ।

उनका अनुसार अहिले प्रदर्शनकारीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ । उनीहरुमध्ये अधिकांशलाई विजुलीबजार पुलबाट नियन्त्रणमा लिइएको हो ।

नेकपा एकीकृत निकट भ्रातृ संगठन अनेरास्ववियूका नेता कार्यकर्ताहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । एमसीसीको विरोधमा प्रदर्शन गर्दै हिँडेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu