Connect with us
Kapilvast Forest

राजनीतिमा एमसीसीको राप स् ९ बजे गठबन्धन, ११ बजे कार्यव्यवस्था र १ बजे संसद बैठक

२०७८, ६ फाल्गुन शुक्रबारमा प्रकाशित

 

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा पेश गर्ने तयारीलाई तीव्रता दिनु भएको छ।

बिहीबार रातिसम्म सत्ता गठबन्धन र विपक्षी दलका नेतासँग छलफल गरेका देउवाले एमसीसीलाई अगाडि बढाउन शुक्रबार बिहानैदेखि छलफल गर्दैहुनुन्छ । दिउँसो १ बजेका लागि तोकिएको प्रतिनिधिसभा बैठक अघि नै एमसीसी संसदमा पेश गर्ने वातावरण तयार गर्नेगरी देउवाले छलफल तय गर्नु भएको हो ।

देउवाले सत्ता गठबन्धनका नेतासँग बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गर्दैछन्। बिहीबार साँझ भएको छलफलमा सत्ता गठबन्धनमा सहमति जुट्न नसकेपछि शुक्रबार बिहानका लागि छलफल तय भएको हो।

सत्तारूढ दलको बैठकमा सहभागी प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत ।

सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेसले संसदबाट एमसीसी अनुमोदन गर्ने निर्णय गरेपछि प्रधानमन्त्री देउवा दबाबमा छन्। फागुन ४ गतेको संसद बैठकमा एमसीसी पेश हुन नसकेपछि बैठक आजको लागि तय भएको थियो। संसदको दशौँ अधिवेशनको पाँचौँ बैठकको सम्भावित कार्यसूचीमा एमसीसी समेटिएको छैन।

सभामुख अग्निप्रसाद सपकोटाले बिहान साढे ११ बजेका लागि कार्यव्यवस्था समिति बैठक आह्वान गर्नु भएको छ । सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार कार्यव्यवस्था समितिको बैठकले कार्यसूची तय गर्नेछ। बैठक नयाँ बनेश्वरस्थित संसद भवनको शंकर हलमा बस्नेछ। कार्यव्यवस्था समितिमा एमसीसी लगायत संसद बैठकका सम्भावित विषयमा छलफल हुनेछ।

कार्यव्यवस्था समिति बैठक लगत्तै संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्नेछ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन २०७७र०७८ पेस गर्ने सम्भावित कार्यसूची छ। बैठकमा एमसीसी पेश गर्ने चर्चा भए पनि दलहरुबीच सहमति हुन सकेको छैन।

लामो समयदेखि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले संसद् बैठक अवरुद्ध गर्दै आएका छन्। बिहीबार राति प्रतिपक्षी दलका नेता केपी ओलीको निजी निवास बालकोट पुगेर प्रधानमन्त्री देउवाले संसदको अवरोध हटाउन र एमसीसीमा सहयोग गर्न आग्रह गर्नु भएको छ । पत्नी डा. आरजु राणा देउवासहित बालकोट पुगेका देउवाले ओलीसँग करिब दुई घण्टा छलफल गर्नु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj