Connect with us
Kapilvast Forest

राष्ट्र उत्थान लघुवित्तको आइपीओमा २३.५१ गुणा बढी आवेदन

२०७८, ६ फाल्गुन शुक्रबारमा प्रकाशित

 

काठमाडौं – राष्ट्र उत्थान लघुवित्तको आइपीओमा १ अर्ब ८६ करोड ८१ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार बिहीबार (फागुन ६ गते) साँझ ५ बजेसम्ममा १२ लाख ६४ हजार ६९३ जनाले जनाले १ करोड ४९ लाख ८३ हजार २८ कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २३.५१ गुणा बढी आवेदन हो ।

कम्पनीले बुधबार (फागुन ४ गते) बाट कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको हो । यसमध्ये ४२ हजार ५ सय कित्ता सेयर आर्थात् ५% सेयर सामूहिक लगानी कोष र १३ हजार कित्ता अर्थात् ०.५% कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले यसमा फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले राष्ट्र उत्थान लघुवित्तलाई समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने डबल बी रेटिङ दिएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu