क्रिप्टो करेन्सी र हाइपरफण्डबारे अध्ययन गर्न समिति गठन
काठमाडाैं-नेपालमा प्रतिबन्धित भर्चुअल मुद्राको कारोबार (क्रिप्टो करेन्सी, हाइपर फन्ड तथा अनलाइन कारोबारबारे विस्तृत अध्ययन तथा अनुसन्धानका लागि दुईवटा समिति गठन भएका छन् ।
अर्थ मन्त्रालयले सहसचिव भुपाल बरालको संयोजकत्वमा सात सदस्यीय अध्ययन समिति गठन गरेको छ ।सो समितिमा नेपाल राष्ट्र बैङ्क, कानुन, न्याय तथा संसदीय मन्त्रालय, प्रहरी प्रधान कार्यालय, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल दूरसञ्चार प्राधिकरणका प्रतिनिधि रहेका छन् ।
समितिले क्रिप्टो करेन्सी, हाइपर फन्ड तथा अनलाइन कारोबारले पार्न सक्ने प्रभाव तथा सम्भावनाबारे विस्तृत अध्ययन गर्ने मन्त्रालय स्रोतले जानकारी दिएको छ ।