Connect with us
Kapilvast Forest

एमसीसीलाई हेर्ने दृष्टिकोण बदल्नु पर्ने काँग्रेस उपसभापति गुरुङको भनाइ 

२०७८, ७ फाल्गुन शनिबारमा प्रकाशित

Dhanraj-Gurung-800x445-1.jpg

 

काठमाडौँ – नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले एमसीसीलाई हेर्ने राजनीतिक दृष्टिकोण बदल्न विभिन्न दलसँग आग्रह गर्नुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले दलहरुले एमसीसीलाई विभिन्न कोणले हेर्दा विद्यमान समस्या आएको बताउनुभएको हो ।

‘एमसीसीलाई दलले विदेशी आँखाबाट नहेरी नेपाली आँखाले हेर्नुपर्छ ।’ देशको आन्तरिक मामला भएकाले के ठीक के बेठीक नेपाली दल र जनताले छुट्याउनुपर्नेमा अहिले विदेशी शक्ति खेल्न थालेको छ । उपसभापति गुरुङले भन्नुभयोे, ‘हाम्रै कारणले वैदेशिक शक्ति एमसीसीका बारेमा बोल्न थालेका हुन् की भन्ने मलाई लाग्छ ।’ नेताहरुले दिनहुँ बोली फेरिराख्ने गर्दा विदेशी निकाय सलबलाउन थालेको उहाँको आरोप थियो ।

उपसभापति गुरुङले न्यायालय ठीक ढङ्गबाट सञ्चालन हुनुपर्थ्यो तर त्यसो नभएको उहाँले बताए । एक फरक प्रसङ्गमा उनले संसद् सञ्चालनका लागि सत्तापक्ष र प्रतिपक्ष दुवै एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।

संसद् प्रतिपक्षको भएपनि विरोधका कारण बन्धक बनाउन नहुनेमा जोड दिँदै उपसभापति गुरुङले संसद्मा सरकारका काम कारवाहीका विषयमा बहस हुनुपर्ने र कानून बनाइनुपर्नेमा बन्दक बनाउनु गलत भएको बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu