अब हामी जनअदालत चलाउँछौं:ओली
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब सर्वोच्च अदालत नभइ जनअदालतको निर्णयमा नेकपा एमाले जाने बताएका छन् । यसका लागि आजैदेखि तयारी थाल्न उहाँले आग्रह गर्नु भएको छ । उहाँले एमालेको जनअदालत माओवादीको जस्तो दुई चार जनाले चलाउने र तर्साउने नभइ लाखौं मानिसको सहभागिता हुने बताउनु भयो ।
शनिवार सूर्यविनायक अस्पताल उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले जनताभन्दा माथि केही नभएको र जनताले दिएको आदेश मान्ने उहाँले बताउनु भयो ।