Connect with us
Kapilvast Forest

एमसीसीमा विपक्षमा मतदान गरे सत्ता सहकार्य गर्न नसकिने काँग्रेसको निष्कर्ष

२०७८, १० फाल्गुन मंगलवारमा प्रकाशित

काठमाडौं –नेपाली काँग्रेसले सत्ता साझेदारमा रहेका गठबन्धनभित्रका दलहरूले एमसीसी पारित गराउन नसघाएको खण्डमा थप सहकार्य गर्न नसकिने निष्कर्ष निकालेको छ । प्रतिनिधिसभामा टेबल भएको एमसीसी सम्झौताको विपक्षमा रहने निर्णय गरेका सत्तारुढ गठबन्धनका दलहरूसँग वास्तममा त्यसो भएको खण्डमा थप सहकार्य नहुने नेपाली काँग्रेसले प्रष्ट पारेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका शिर्ष नेताहरूसँग आन्तरिक छलफल गर्दै एमसीसीको पक्षमा मत नदिने दलसँग सत्ता सहकार्य हुन नसक्ने बताउनुभएको छ । सत्तारुढ गठबन्धनका ५ दलमध्ये काँग्रेसमात्रै एमसीसी पारित गर्ने पक्षमा उभिएको छ । नेकपा माओवादी केन्द्रले संसदमा टेबल हुनै नदिने, टेबल गरिए सरकार छाड्ने निर्णय संसदीय दलको बैठकबाट गरिसकेको छ ।

तर पनि भित्रभित्रै यसलाइ पारित गर्ने संझौता भएको आरोप माओवादी केन्द्रलाइ लाग्ने गरेको छ । यस्तै, एकीकृत समाजवादीले प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको विपक्षमा उभिने निर्णय गरे पनि सांसदहरूलाई ह्विप जारी भने नगर्ने तयारी छ । पार्टीले यसबारेमा विपक्षमा मतदान गर्ने निर्णय गरेको भएपनि सांसदहरूलाइ ह्विप लगाएर बाध्य नपारिने एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu