एमसीसीको पक्षमा मत दिदैनौं : राप्रपा अध्यक्ष लिङ्देन
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाले एमसीसीको पक्षमा मतदान नगर्ने बताउनु भएको छ ।
संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले देश र जनतालाई विभाजित गर्ने सम्झौताको पक्षमा राप्रपा नउभिने बताउनु भयो ।‘हामी जनताको चाहनाविपरीत जाँदैनौं । राप्रपाले एमसीसीको पक्षमा मत दिदैन’, लिङदेनले भन्नु भयो ।