Connect with us
Kapilvast Forest

शेरबहादुरजीले ब्ल्याङ्क चेक माग्नुभएको छ, एमालेले दिँदैन : सचिव भट्टराई

२०७८, १२ फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग ‘ब्ल्याङ्क चेक’ मागेको बताउनु भएको छ ।
संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै भट्टराईले एमालेले उठाएका माग सम्बोधन नगरी सरकारलाई सहयोग गर्न नसकिने प्रष्ट पार्नु भएको हो ।

 

‘प्रधानमन्त्रीजीले एमालेसँग ब्ल्याङ्क चेक माग्नुभएको छ । एमालेले ब्ल्याङ्क चेक दिदैन । ब्ल्याक एण्ड ह्वाइटमा सहमति हुनुपर्छ’, भट्टराईले भन्नु भयो ।गठबन्धन भत्काउन एमालेले कतै धुप नबालेको भन्दै भट्टराई गठबन्धनकै कारण नेपालको अन्तर्राष्ट्रिय छवि बिग्रिएको बताउनु भयो ।

‘गुटका संकट पार्टीमा, पार्टीको संकट गठबन्धनमा थोपर्ने र गठबन्धनको संकटलाई राष्ट्रिय संकट बनाउने काम भएको छ । यो गठबन्धन भत्काउन हामी लागेको छैनौं तर भत्कनु मुलुकको हितमा हुनेछ’, उहाँले भन्नु भयो ।

एमसीसी पारित गराउने दायित्व प्रतिपक्षी दलको नरहेको भन्दै भट्टराईले सरकारको मुख्य घटक नेपाली कांग्रेसले प्रतिपक्षसँग संवाद गर्न सकारात्मक पहल भएको बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu