कुलमानकी पत्नी बनिन् राप्रपाको धादिङ उपाध्यक्ष
काठमाडौं- नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङकी पत्नी दीपा तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) धादिङको उपाध्याक्ष्यमा चयन हुनु भएको छ । तामाङलाई रुबिभ्यालीबाट प्रतिनिधित्व गर्नेगरी जिल्ला उपाध्यक्षमा चयन गरिएको राप्रपाले जनाएको छ । कुलमान भने रामेछापबासी हुनुन्छ ।
त्यस्तै राप्रपा धादिङले बेनीघाट रोराङबाट उपाध्यक्षमा शालिकराम सिलवाललाई चयन गरेको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले माघको दोस्रो साता १८ जना मनोनित गर्दै ४७ जनाको जिल्ला कमिटी बनाएको थियो । धादिङ राप्रपाको अध्यक्ष ध्रुव खनाल हुनुन्छ ।