संसद बैठक १५ गतेसम्मका लागि स्थगित
काठमाडौं- प्रतिनिधि सभा बैठक १५ गतेसम्मका लागि स्थगित भएको छ ।सरकारले गृहकार्यका नपुगेको भन्दै समय मागेपछि सूचना टाँसेर संसद बैठक स्थगित गर्ने सहमति भएको हो ।
एमसीसी सम्झौतााथि सैद्धान्तिक छलफलको कार्यसूची रहेकोमा विहीबार माओवादीले मतविभाजन मागेर सरकारको प्रस्ताव असफल बनाउने सूचना पाएपछि प्रधानमन्त्रीले स्थगित गराउनु भएको थियो ।
नेकपा एमालेसँगको छलफल टुंगो नलागेको र सत्ता गठबन्धनमा सहमति नभएको अवस्थामा सरकारले बैठक आइतबारसम्मका लागि स्थगित गर्न सभामुखलाई आग्रह गरेको हो ।