Connect with us
Kapilvast Forest

एमसीसी पास गर्न एमालेसँग सहमति भइसक्यो : मीन विश्वकर्मा

२०७८, १३ फाल्गुन शुक्रबारमा प्रकाशित

काठमाडौं-नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) अनुमोदन गर्न प्रमुख प्रतिपक्षी एमालेसँग मोटामोटी सहमति भइसकेको बताउनु भएको छ । सोही कारण आज बस्ने प्रतिनिधिसभा बैठकअघि माओवादी केन्द्रले एउटा ठोस निर्णय लिने उहाँको भनाइ छ ।

गठबन्धनमा आबद्ध भएर पनि माओवादीले सरकारलाई सहयोग नगरेकाले प्रतिनिधिसभा बैठकबाट एमसीसी अनुमोदन गर्नेबारे एमालेसँग सहमति नजिक पुगेको नेता विश्वकर्माले जानकारी दिनु भयो । सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन नगरेपछि काँग्रेस एमालेसँग नजिकिन लागेको हो ।

नेता विश्वकर्माले आजको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी सदनमा कसरी प्रवेश गर्ने भन्नेबारे सहमति हुने विश्वास व्यक्त गर्नु भयो । आज सहमति भएर संसदमा एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र सकेसम्म आजै एमसीसी अनुमोदन हुन सक्ने उहाँको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu