Connect with us
Kapilvast Forest

नर्विचमाथि साउथ ह्याम्प्टनको सहज जित

२०७८, १४ फाल्गुन शनिबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

एजेन्सी-इङ्लिस प्रिमियर लिग फुटबलमा साउथ ह्याम्प्टनले नर्विच सिटीविरुद्ध जित निकालेको छ। शुक्रवार राति घरेलु मैदानमा भएको खेलमा साउथ ह्याम्प्टनले नर्विचविरुद्ध २–० गोलको जित निकालेको हो।

उसको जितमा चे एडम्स र ओरिओल रोमेउले १–१ गोल गरे। खेलको ३६ औँ मिनेटमा एडम्सको गोलबाट अग्रता लिएको साउथ ह्याम्प्टनका लागि ८८ औँ मिनेटमा रोमेउले दोस्रो गोल गरे।

जितसँगै साउथ ह्याम्प्टन २६ खेलबाट ३५ अंक जोडेर नवौँ स्थानमा उक्लिएको छ। पराजित नर्विच भने अन्तिम स्थानमा छ।

लिगमा शनिवार राति ६ वटा खेल हुँदैछन्। म्यानचेस्टर सिटी २६ खेलबाट ६३ अंक जोडेर पहिलो स्थानमा तथा लिभरपुल समान खेलबाट ६० अंक जोडेर दोस्रो स्थानमा छन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu