Connect with us
Kapilvast Forest

मनाङलाई बराबरीमा रोक्दै आर्मी बन्यो ए डिभिजन लिगको उपविजेता

२०७८, १४ फाल्गुन शनिबारमा प्रकाशित

काठमाडौं– त्रिभुवन आर्मी क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो स्थान हासिल गरेको छ । आज भएको आफ्नो अन्तिम लिग खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग १–१ गोलको बराबरी खेलेसँगै आर्मीले दोस्रो स्थान हासिल गरेको हो ।

खेलमा मनाङका लागि कप्तान अन्जन विष्टले गोल गरे भने मनाङका डिफेन्डर फ्रान्कलिनले आत्मघाती गोल गरेपछि आर्मीले १–१ गोलको बराबरी गरेको हो । यस बराबरीसँगै आर्मीले १३ खेलमा २३ अंक जोड्दै आर्मी लिगको उपविजेता बन्यो । लिगको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । मनाङले १२ खेलमा २१ अंक जोड्यो । मनाङले पाँचौं स्थानमा रहदै लिगको अन्त्य गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu