माधव नेपाल टर्की प्रस्थान
काठमाडौं-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल टर्की प्रस्थान गर्नु भएको छ ।टर्कीको अंकारामा आयोजना हुने कार्यक्रममा सहभागी हुन उहाँ सोमबार बेलुकी १० बजे त्यसतर्फ प्रस्थान गरेको उहाँको सचिवालयले जानकारी दिएको छ।
अध्यक्ष नेपाल टर्किस एअरलाइन्सको जहाजमार्फत् इस्तानाबुल हुँदै अंकरातर्फ प्रस्थान गरेको उहाँका स्वकीय सचिव मोहन गौतमले बताउनु भयो ।
मार्च २९ देखि ३१ सम्म आयोजना हुने इकोक्लाइमेट सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधन गर्ने उहाँले बताउनु भयो ।
अध्यक्ष नेपाल चैत १९ गते स्वदेश फर्कने कार्यक्रम छ।