Connect with us
Kapilvast Forest

कर्णालीमा म्यादी प्रहरीका लागि ३ गुणा बढी आवेदन

२०७८, १५ चैत्र मंगलवारमा प्रकाशित

सुर्खेत- कर्णाली प्रदेशमा म्यादी प्रहरीका लागि आवश्यकभन्दा तीन गुणा बढीले आवेदन दिएका छन् ।आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षाका लागि कर्णालीका १० जिल्लामा ७७१३ म्यादी प्रहरीको माग गरिएकोमा २१ हजार २५४ जनाले आवेदन दिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

 

१६ हजार ८१८ जना पुरुष र ४४३६ जना महिलाले म्यादी प्रहरीका लागि दर्खास्त दिएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी गणेशबहादुर बलमे जानकारी दिए ।

उनका अनुसार प्रदेशका १० वटा जिल्लाका जिल्ला प्रहरी कार्यालयबाट संकलन गरिएको दर्खास्तअनुसार सुर्खेतमा सबैभन्दा बढी ५ हजार १७२ जनाले आवेदन दिएका छन् । त्यस्तै सबैभन्दा कम हुम्लामा ५२४ जनाले आवेदन दिएका छन् ।

 

प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा १२६१ जना म्यादी प्रहरीको माग गरिएकोमा ५१७२ जनाले आवेदन दिएका छन् । दैलेखमा ८९३ जना माग भएकोमा २६७३ जनाले आवेदन दिएका छन् ।

७८४ जना म्यादी प्रहरीको माग गरिएको जाजरकोटमा २०५६ जनाले आवेदन दिएका छन् भने रुकुम पश्चिममा ६७७ जना माग गरिएकोमा २०१० जनाले आवेदन दिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै, सल्यानमा १०७३ म्यादी प्रहरीको माग गरिएकोमा ३४०८ जनाले आवेदन दिएका छन् । कालीकोटमा ८०४ जना माग गरिएकोमा १ ३४२ जनाले आवेदन दिएका छन् ।

७६८ म्यादी प्रहरीमा माग गरिएको जुम्लामा २२८५ जनाले आवेदन दिएका छन् । त्यस्तै ४६९ माग गरिएकोमा मुगुमा १०३७ जनाले आवेदन दिएका छन् ।

डोल्पामा ५६८ जनाको माग भएकोमा ७४७ जनाले आवेदन दिएका छन् । ४१६ जना माग गरिएको हुम्लामा ५२४ जनाले आवेदन दिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu